default_image

2 years ago

February 9, 2023

दिवानालाई पराजित गर्दै अस्मिता छनोट

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एचटुओकी अस्मिता दुवाल भारतको नयाँ दिल्लीमा हुन लागेको आइबा वल्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागी हुन आयोजित छनोट प्रतियोगितामा छनोट हुन सफल भएकी छिन् ।

सातदोबाटोस्थित बक्सिङ हलमा बिहीबार भएको फ्लाई लाईट वेट ५० केजी तौल समूहमा अस्मिताले नेपाल पुलिसकी दिवाना शेर्मालाई ३ः२ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै छनोट हुन सफल भएकी हुन् ।

दुवालले सेमिफाइनलमा आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनको आधारमा तथा शेर्माले आर्मीका आरती बम्जनलाई ४ः१ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भएको थियो ।

५२ केजीमा अन्जनी तेली, ५४ केजीमा मिनु गुरुङ, फेदर वेट ५७ केजीमा चन्द्र कला थापा, ६० केजीमा संगिता सुनार र मिडिल वेट ७५ केजीमा सरस्वती रानामगर छनोट हुन सफल भएका छन् ।

नेपाल बक्सिङ संघले महिला ४८ केजी तौल समुहमा थाइल्याण्डको बैंककमा भएको एएसबिसी यू–२२ एशियन च्याम्पियनसिपमा रजत पदक विजेता सुस्मा तामाङलाई संघको निर्णय अनुसार यसअघि नै छनोट गरिसकेको र आइबा वल्र्ड वुमन्स बक्सिङ च्याम्पियनसिपका लागि ७ जना खेलाडी छनोट भएको संघका प्रवक्ता श्यामकाजि अवालेले जानकारी गराए ।

उनका अनुसार छनोट भएका खेलाडीहरु मध्येबाट उत्कृष्ट खेलाडीले मात्र च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ । आइबा वल्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३ भारतकाे दिल्लीमा मार्च १३ देखि २७ तारिखसम्म सञ्चालन हुँदैछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.