2 years ago
February 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काष्ठमण्डपले नवौं एक्सेल्सियर कपमा दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप गल्र्स बास्केटबल र यु–१२ ब्वाइज फुटबलमा च्याम्पियन बनेको हो ।
स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा बिहीबार भएको गल्र्स बास्केटबल फाइनलमा काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई १९–१८ को झिनो अन्तरले पराजित ग¥यो । काष्ठमण्डपकी हस्ना अर्यालले ८ स्कोर गरिन् ।
यु–१२ ब्वाइज फुटबलको फाइनलमा काष्ठमण्डपले आयोजक एक्सेल्सियरलाई २–१ गोलअन्तरले हरायो । यु–१६ ब्वाइज फुटबलमा न्यु एराले उपाधि चुम्यो । न्यु एराले उपाधि भिडन्तमा ग्रिनफिल्ड नेसनल स्कुललाई १–० गोलले पाखा लगायो ।
सिनियर ब्वाइज बास्केटबलमा स्वर्ण जितेको जेनिथले फाइनलमा रेडिअन्ट पब्लिकमाथि ६८–५८ को जित दर्ता ग¥यो । सिनियर ब्वाइज बास्केटबलको ब्वाइजमा जेनिथका सुशिल शाही तथा गल्र्समा काष्ठमण्डपकी रिया राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
ब्वाइजमा क्लिन्टन तथा गल्र्समा पाठशाला नेपाल फाउन्डेसन अनुशासित टिम बने । यु–१६ फुटबलमा न्यु एराकाद्वय पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा निरोभ रायमाझी उत्कृष्ट गोलरक्षक चुनिए । श्री सञ्जय साइ अनुशासित टिम ठहरियो ।
यु–१२ फुटबलमा काष्ठमण्डपका सहज ढकाल उत्कृष्ट खेलाडी तथा एक्सेल्सियरका अन्शुमान वैद्य उत्कृष्ट गोलरक्षक बने । रिब्सले अनुशासित टिमको उपाधि पायो ।
विजेतालाई पूर्व सांसद् गीता राणा, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, एक्सेल्सियरका प्रबन्ध निर्देक राम बस्नेत, प्रतियोगिता संयोजक महेशमल्ल ठकुरी, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
आठदिने प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइज र गल्र्समा समान १३–१३ टिम सहभागी थिए । फुटबलको यु–१२ मा १४ तथा यु–१६ मा १६ टिमले भाग लिएका थिए ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]