2 years ago
February 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जनक शिक्षा सामाग्री केन्द्रका रामविनय श्रेष्ठ र कृषि विकास बैंकका टककर कुँवर १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रामविनयले नागरिक उड्डयन प्राधिकरणका रमेशबहादुर कुँवरलाई १२–२१, २१–११ र २१–७ तथा टक्करले नेपाल विद्युत प्राधिकरणका रत्न श्रेष्ठलाई २१–१४ र २१–१७ को सेटमा पराजित गरे ।
सोही स्पर्धामा राष्ट्रिय वाणिज्य बैंकका गुप्ता केसी, विद्युतका सरोज तामाङ, नेपाल टेलिकमका सुरेन्द्रसिंह कार्की, नेपाल आयल निगमका लक्ष्मण विश्वकर्मा र विद्युतका भुपेन्द्र बिसी पनि क्वाटरफाइनलमा पुगे ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्मा, वाणिज्य बैंकका रामजी आचार्य र सुमन घिमिरे, विद्युतका विष्णु मास्के र रमेश तामाङ, विद्युतका राजु महर्जन र खगेन्द्र शाही, दुग्ध विकास संस्थानका शिव बस्नेत र राजकुमार घले, मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल र प्रेम थापा तथा कृषिका राजकुमार निरौला र विनय पाण्डेको जोडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन, वाणिज्य बैंकका गुप्ता केसी र लालबहादुर थापा, एभरेष्टका श्यामकुमार भट्टराई र पुष्पराज उप्रेती, टेलिकमका सुदिपआनन्द मल्ल र सीताराम श्रेष्ठ, जनक शिक्षाका रामविनय श्रेष्ठ र जनक भारती, नेपाल एयरलाइन्सका घनश्याम भट्ट र जंगबहादुर चन्द तथा विद्युतका शंकर क्षेत्री र चन्द्रदास कारन्जितको जोडीले क्वाटरफाइनलमा स्थान पक्का गरे ।
प्रतियोगिताको सभामुख देवराज घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ६ स्पर्धामा १ सय २६ खेलाडी सहभागी छन् । ब्याडमिन्टनको कुल पुरस्कार राशी १ लाख ७५ हजार रुपैयाँ रहेको पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् ।
प्रतियोगिताअन्तर्गत पुरुष फुटसल बुधबार सम्पन्न भइसकेको छ । विभिन्न १४ टिम सहभागी फुटसलमा नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलले पराजित गर्दै उपाधि जित्यो ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]