default_image

2 years ago

February 9, 2023

प्रिन्स र विष्णु क्वाटरफाइनलमा

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र बिष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र युगल दुवैतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

एकलतर्फ बिष्णुले त्रिभुवन आर्मी क्लबका नरेन्द्र बमलाई २१–१०, १५–२१ र २५–२३ को जित निकाल्यो । यस्तै प्रिन्सले आर्मीकै हिमाल चन्दमाथि २१–१४ र २१–७ को सहज जित निकाल्यो । यस्तै पुरुष युगलतर्फ पनि बिष्णु र प्रिन्सको जोडीले सुनसरीका अनन्त राज तामाङ र प्रविन तामाङको जोडीलाई २१–९ र २१–१० ले हरायो ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी पनि एकल र युगल दुवैतर्फ क्वाटरफाइनलमा पुगेका छन् ।

एकलतर्फ प्रफुलले एपिएफका क्षितीज खनाललाई २१–१४ र २१–७ ले र रुकेशले एपिएफकै रोशन साउदलाई २१–१८ र २१–१० ले पराजित गरे । यसैगरि महर्जन जोडीले सुनसरीका मुनाहाङ राई र सुनसरी ब्याडमिन्टन एकेडेमीका लाक्पा शेर्पाको जोडीलाई २१–१० र २१–१० ले हराए ।

यस्तै पुरुष एकलतर्फ पुलिसका सुनिल जोशी, जीवन आचार्य, एपिएफका अमन महर्जन र आर्मीका पविन लिनथेप क्वाटरफाइनलमा पुगेका छन् ।

पुरुष युगलतर्फ एपिएफका क्षितिज खनाल र प्रनिश सिंह ठकुरी, पुलिसका दीपक बोहरा र सुनिल जोशी, एपिएफका अमन महर्जन र रोशन साउद, एपिएफका सुमन लिम्बु र देवराज राना, पुलिसका जीवन आचार्य र एपिएफका बिजित थापा मगर तथा आर्मीका हिमाल चन्द र कविर केसीको जोडीले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

महिला एकलतर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन, पुलिसकी निता लम्साल, एपिएफकी जेशिका गुरुङ, आर्मीकी प्राथना देउवा, एपिएफकी सुनयना मुखिया, कस्तुरी कलेजकी सिमा राजवंशी, एपिएफकी शोभा गौचन र आर्मीकी अमिता गिरी क्वाटरफाइनलमा पुगेका छन् ।

इटहरी रंगशालास्थित कभर्डहलमा भएको प्रतिस्पर्धाको छात्र एकलको यु–११ तर्फ नवदीप राई, दीप थिङ, संयोग धमला, अभिनाष शाह, तयाबुङ राई, प्रनिश कार्की र संगम राउत क्वाटरफाइनलमा पुगेका छन् ।

यस्तै छात्रातर्फ सुनसरीका आयुषा निरौला र रिस्ता रावल, भोजपुरकी नदिरा तामाङ क्वाटरफाइनलमा पुगेका छन् । छात्र यु–१३ तर्फ सुदेश राजकोटी, प्रवल श्रेष्ठ, आरुष सिमखडा, आदित्य चौधरी, प्रनिश कार्की, आर्मीका रिजन मगर र दीप थिङ सफल भुजेल क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

छात्रातर्फ उपमा खड्का, समृद्धि श्रेष्ठ, दिभ्या राई, अजरेन्का शेरचन, निभा राई, निताशा राई टिशा रानी शाक्य क्वाटरफाइनलमा पुगेका छन् ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.