default_image

2 years ago

February 7, 2023

आर्मीलाई हराउँदै पुलिस तेस्रो

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो । यस प्रतियोगितामा पुलिसले आर्मीलाई दोस्रोपटक पराजित गरेको छ । यसअघि पुलिसले राउन्ड रोविन लिगको अन्तिम खेलमा सोमबार आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलको पहिलो सेटमा पुलिस २५–२१ ले विजयी भयो । दोस्रो सेटमा पनि पुलिसले २५–२१ को जित निकाल्न सफल भयो ।

तेस्रो सेटमा भने पुलिसले २५–१९ को सहज जित निकाल्न सफल भयो । पुलिसकी उषा भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ र शिल्ड प्राप्त गरिन् ।

तेस्रो भएसँगै पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । आज नै उपाधिका लागि होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यि दुई टोलीले राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्दा डायमण्डले ३–१ को सेटमा जित निकालेको छ ।

माघ २१ गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । विजेताले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.