2 years ago
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रायना शाहले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा रायनाले भारतकी प्राची सथिशलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् । पहिलो दिन गल्र्स सिंगल्समा रायनासहित ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा रायनाले मात्र जित हात पारेकी हुन् ।
भारतकी काइरा सिद्धार्थ चेतनानीले नेपालकी प्रशंसा मोक्तानलाई ६–४ र ६–० तथा भारतकी अर्जन खोराकीवालाले नेपालकी आइशा डोल्कर गुरुङलाई ६–२ र ६–१ को सोझो सेटमा हराए ।
अन्य खेलमा थाइल्यान्डकी कानछ्या चुङवातना, मंगोलियाकी मराल्गु चोग्सोम्जाभ, बेल्जियमकी क्यामिली फिसेट, भारतकी तमन्ना टकोरिया, रुसकी मिलिना शुब्खान्कुलोभा तथा भारतका सौम्य रोन्डे, दुर्गान्सी कुमार, साइ जान्भी र स्निगधा कान्ताले जित हात पारे ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए ।
भियतनामका फाम ला होङले नेपालका आर्यन गिरीलाई ६–१ र ६–२, भारतका सेहजसिंह पवारले नेपालका अकी जुवेन रावतलाई ६–१ र ६–०, भारतका स्मिट निलेशभाइ पटेलले नेपालका निहालजंगबहादुर थापालाई ६–४ र ६–१, ताइपेईंका काइ इन याङले नेपालका देव आशिष रेउलेलाई ६–० र ६–०, अमेरिकाका आरभसम्राट हाडाले नेपालका सक्षमविक्रम शाहलाई ६–१ र ६–३ तथा भारतका निकिल डिसुजाले नेपालका श्रीयोग अधिकारीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाए ।
बाँकी प्रतिस्पर्धामा चीनका वेन्बो बाइ, भारतका नभ्य वर्मा, बेलारुसका आर्टसियोम सिकुनेन्का, भारतका प्रत्याक्ष, दक्षिण कोरियाका जियोम डो र भारतका देबाशिष साहुले आ–आफ्नो खेल जिते ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]