default_image

2 years ago

February 6, 2023

राजेन्द्र र नदिम थाइल्यान्ड प्रस्थान

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन मास्टर्स टेबल टेनिस प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चोनबुरी प्रस्थान गरेको छ ।

फेब्रुअरी ४ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा राजेन्द्र वज्राचार्य र नदिम शाक्यले प्रतिस्पर्धा गर्ने छन् । दुवैले भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा खेल्ने छन् । व्यवस्थापकमा जुबन तण्डुकार छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिका वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.