2 years ago
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल हुँदै पहिलो जित निकाल्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीले पहिलो सेटमा २६–२४ को रोमाञ्चक जित निकाल्न सफल भयो ।
दोस्रो सेटमा पुलिसले २६–२४ कै रोमाञ्चक जित निकाल्न सफल भयो । तेस्रो सेटमा पनि पुलिसले २६–२४ कै रोमाञ्चक जित निकाल्दै जिततर्फ अग्रसर बन्यो । चौथो सेटमा भने पुलिस २५–२० ले विजयी हुन सफल भयो ।
यस जितसँगै पुलिसले लिग राउन्डमा ३ खेलबाट ३ अंक बटुलेको छ । आर्मीले तीन खेलमै हार बेहोर्दे अंक बटुल्न सकेन । अब पुलिस र आर्मीबीच नै मंगलबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
उपाधिका लागि होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । डायमण्डले राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफलाई ३–१ को सेटमा पराजित गरेको छ ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । विजेताले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।