default_image

2 years ago

February 5, 2023

राजर्षी, बौद्ध र भ्यालीलाई एनएसएस कपको उपाधि

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजर्षी गुरुकुल, बौद्ध एकेडेमी र भ्याली पब्लिकले नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) कप उपत्यकाब्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

राजर्षी फुटबलमा तथा बौद्ध पुरुष बास्केटबल तथा भ्याली महिलामा च्याम्पियन बनेको हो । फुटबलतर्फ आइतबार भएको फाइनलमा एभरेस्ट पब्लिक एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै राजर्शीले ३०औं एनएसएस कपको उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा राजर्शी ५–४ ले विजयी भयो । प्रतियोगितामा विद्या सस्कृति स्कुल तेस्रो भयो ।

यसैगरी बास्केटबलतर्फको उपाधि बौद्ध एकेडेमी र भ्याली पब्लिक स्कुलले जितेका छन् । पुरुषतर्फ बौद्धले भ्याली पब्लिकलाई हरायो । सेन्ट जेभियर स्कुलले तेस्रो स्थान प्राप्त ग¥यो ।

महिलातर्फको खेलमा भ्याली पब्लिक स्कुलले उपाधि जित्यो । भ्यालीले दिक्षालय स्कुललाई हरायो । संस्कृती अन्तर्राष्ट्रिय स्कुलले तेस्रो स्थान हासिल गरेको छ । विजेतालाई एनएसएसका संस्थापक प्रिन्सिपल डा. माधव प्रसाद बराल, प्रतियोगिताका संयोजक प्रभात रिसाल लगायतले पुरस्कृत गरे ।

माघ १३ देखि २२ गतेसम्म भएकाे प्रतियाेगितामा फुटबलतर्फ सेन्ट जेभियर स्कुल, विद्या संस्कार इन्टरनेस्नल स्कुल, जनप्रेमी हाई सेकेन्डरी स्कुल, बृहस्पति विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वल्र्ड स्कुल, जोन डेभ स्कुल, राजर्षी गुरुकुल स्कुल र त्रियोग हाई स्कुलगरी १२ टोलीको सहभागीता छ ।

बास्केबलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेरियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेस्नल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्यासंस्कार इन्टरनेस्नल स्कुल गरी ११ टोलीको सहभागिता रहेकाे थियाे ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एक्स स्टेपको कोटेश्वरमा आउटलेट खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ। नेपाली राष्ट्रिय भलिबल भलिबलका टोलीका केही खेलाडीसहित माल्दिभ्स मा आयोजना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र अफिसियल टोलीको एक्स स्टेप आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका थिए। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो […]

September 6, 2024

डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]

Success

Thank you for your time.