2 years ago
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार तथा सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शनीबार सुरु भएकाे छ । सेमिनारको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे ।
सो अवसरमा ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हेलको पनि उपस्थिती थियो ।
नेपाल हाप्किडो एसोसिएसनका अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेमिनारमा ली, हग्रिन्ज र मगरले प्रशिक्षण दिने छन् ।
सेमिनारमा नेपाल भारत, पाकिस्तान, बंगलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व छ । प्रतियोगितामा फाइट र सेल्फ डिफेन्स डेमोन्सट्रेसन समावेश छन् ।
दुई दिने प्रतियोगितामा सात वटै प्रदेशका कुल ७ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]