default_image

2 years ago

February 4, 2023

खुम्बु ल्होसार कप यसै महिना

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुम्जुङ युवा क्लबको आयोजनामा शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता १३औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता यसै महिना (माघ) को अन्तिम साता काठमाडाैंमा आयोजना हुने भएको छ।

शेर्पा समुदायको महान् चाड ल्होसार (नयाँ वर्ष) को अवसरमा विगत १२ वर्षदेखि आयोजना हुँदै आएको खुम्बु ल्होसार कप यसवर्ष माघ २८ गतेबाट ६ फागुनसम्म हुने जानकारी गराएको छ ।

सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवा पुस्ताको खेलकुदप्रति लगाव र प्रतिभाको प्रदर्शन, प्रस्फुटन र समुदायका सम्पूर्णलाई एउटै ठाउँमा जोड्न शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता गत वर्ष भने कोरोना भाइरस (कोभिड–१९ का कारण हुन सकेको थिएन ।

खेल सानो गौचरण खेलकुद मैदानमा हुने खुम्जुङ युवा क्लबका महासचिब पासाङ छिरिङ शेर्पाले जानकारी गराए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.