2 years ago
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्यु एराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ ।
स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित ग¥यो । न्यु इराकी नर्गिमा तामाङले १४ स्कोर गरिन् ।
अन्य खेलमा काष्ठमण्डपले रातो बंगलालाई १३–६, रिब्सले पाठशाला नेपाललाई ५–२ तथा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ६–५ ले हराए । काष्ठमण्डपकी आस्मा अर्यालले ७, रिब्सकी नन्सिता लिम्बूले ४ र एक्सेल्सियरकी साम्तेन डोल्मा लामाले ४ अंक जोडे ।
सिनियर ब्वाइज बास्केटबलमा नेपालयले रातो बंगलालाई २५–२२, ओएसिसले क्लिनटनलाई ३६–१८ र एलआरआईले एपेक्स लाइफलाई १८–१२ ले पाखा लगाए । नेपालयका विजेन थापा मगरले १३, ओएसिसका रेवन राईले २३ र एलआरआईका जयन गिरीले १२ अंक बटुले ।
यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्डले एक्सेल्सियरलाई ५–१ र रिब्स ‘ए’ लाई २–०, श्री सञ्जय साइले रिब्स ‘बी’ लाई १–० तथा न्यु इराले एक्सेल्सियर नीलोलाई ४–० र रिब्स ‘ए’ लाई ३–० गोलले पराजित गरे ।
यु–१२ ब्वाइज फुटबलमा एक्सेल्सियरले श्री सञ्जय साइलाई ३–१ गोलले हरायो । एक्सेल्सियरका कृष पाण्डेले २ तथा साहिलराज थापाले १ गोल गरे । सञ्जय साइका इशान चौलागाईंले १ गोल फर्काए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]