2 years ago
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनभिए क्लब च्याम्पियन विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
तेस्रो टाइगर कपको विजेता एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा एपिएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
दोस्रो र तेस्रो सेटमा एपिएफले समान २५–२१ र २५–२१ को जित निकाल्न सफल भयो । एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ र ट्रफी हात पारिन् । यस जितसँगै एपिएफले ३ अंक जोडेको छ । पराजित पुलिसले अंक जोड्न सकेको छैन ।
दिनको पहिलो खेलमा होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले आर्मीलाई ३–० को सोझो सेटमा हराएर विजयी सुरुवात गरिसकेको छ । डायमण्ड र एपिएफको समान ३ अंक छ । आर्मी र पुलिसको अंकको खाता खोल्न सकेको छैन ।
प्रतियोगितामा आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा एपिएफ र आर्मी तथा दोस्रो खेलमा न्यू डायमण्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।
२४ माघसम्म चल्ने प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । आइतबार र सोमबार लिग चरणका खेल हुनेछन् । मंगलबार प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल हुनेछ । शीर्ष २ टोलीले उपाधिका लागि खेल्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
२०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन ।
विजेताले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । विजेतालाई आयोजकले गोकर्ण फरेस्ट रिसोर्टमा रात्री भोजको व्यवस्था गर्नेछ ।
विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।
उद्घाटनको अवसरमा नेपाल तथा डायमण्डकी लिवेरो सलिना श्रेष्ठ शेर बहादुर स्मृति स्पेशल अवार्डबाट सम्मानित भएकी छिन् । उनलाई ५० हजार, दोसल्ला र कदरपत्रले सम्मानित गरिएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।