2 years ago
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको सेमिफाइनलमा नवीताले कान्तिपुर भ्यालीकी दिया देउलालाई ११–४, ११–८, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन् । रविनाले प्रहरीकी एलिना महर्जनलाई ११–८, ११–५, ९–११, ११–६ र ११–९ को सेटमा हराइन् ।
सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिको मुख्य प्रायोजनमा ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रहरीका विनेश खनियाँ र ग्लोबल टेबलटेनिस एकेडेमी, भारतका सन्तोष कुमारले उपाधि भिडन्त पक्का गरे ।
विनेशले ग्लोबलका भ्रिसन बभनकालाई ११–५, ११–५, ११–९ र ११–८ तथा सन्तोषले वाइल्ड कार्ड, भारतका प्रशन्न कुमारलाई १०–१२, ११–७, ११–६, १५–१३ र ११–९ को सेटमा पाखा लगाए ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गल्कोपाखा समाज सेवाका चन्दन शाहीले स्वर्ण जिते । चन्दनले पूर्व राष्ट्रिय च्याम्पियन न्यातपोलो कर्नर टिमका शिवसुन्दर गोथेलाई १०–१२, ११–६, ५–११, ११–९ र ११–५ ले पन्छाए । प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष र महिला सिंगल्सको फाइनल हुनेछ ।
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालीहरुको मिनी ओलम्पिकको रूपमा चिनिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अस्ट्रेलियाको पश्चिम अस्ट्रेलिया राज्यको पर्थमा आजबाट सुरु भएको छ । छैटौं ओसियानिया नेपाली स्पोर्ट्स मिट पर्थमा ३ दिन (शुक्रबार, शनिबार र आइतबार) सम्म पर्थ मेट्रो एरियामा हुनेछ । यस खेल कुम्भमेलाका कारण अस्ट्रेलियाको पर्थ नेपालीमय भइसकेको छ । खेल महोत्सवमा […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]
April 15, 2025
एजेन्सी – च्याम्पिन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज मध्यरातमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ। पिएसजी ३-१ को अग्रता सहित भिल्ला पार्क जाँदैछ। जहाँ भिल्ला अक्टोबर यता अपराजित छ र यसअघि नै बायर्न म्युनिखलाई पनि हराएको थियो। नेयमार, लियोनल मेस्सी र पछिल्लो समय किलियन एम्बाप्पेले क्लब छाडेसँगै प्रशिक्षक लुइस एनरिकेले युवा र उदाउँदा […]