default_image

2 years ago

February 3, 2023

अकी र आरभलाई डबल्स स्वर्ण

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा पहिलो भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे ।

गल्र्स डबल्समा मंगोलियाकी दिदी मार्ता चोक्सोम्जाभ र बहिनी मरालगु चोक्सोम्जाभको जोडी च्याम्पियन बने । दिदीबहिनीको जोडीले फाइनलमा भारतका अनुष्का भोला र मेहक कपुरको जोडीलाई ६–० र ६–० को सोझो सेटमा सहजै हराए ।

डबल्सका विजेतालाई आयोजक नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्ट र टेनिस संघका सदस्य जयजिब हाडाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

डबल्समा स्वर्ण जितेका दिदीबहिनीको जोडी सिंगल्समा भने एक अर्काका प्रतिद्वन्द्वी बनेका छन् । सेमिफाइनलमा मरालगुले हङकङकी जेन लिङ छुन वोङलाई ६–२ र ६–१ तथा मार्ताले रुसकी मिलिना शुब्खानकुलोभालाई ६–० र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनल भेट पक्का गरेका हुन् ।

ब्वाइज सिंगल्समा भियतनामका फाम ला होङले हङकङका होङ क्यु लाउलाई ६–३, ६–७ (४) र ६–३ तथा भारतका देबसिश साहुले ताइपेईंका काइ इन याङलाई ६–१, ४–६ र ७–६ (३) को सेटमा पन्छ्याउदै फाइनलमा पुगेका छन् । दुवै सिंगल्सको फाइनल शनिबार हुनेछ ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.