2 years ago
February 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा अपराजित रहँदै बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे ।
अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिशको जोडी विरुद्ध खेल्ने छन् । अर्को सेमिफाइनलमा पटेल र देबसिशको जोडीले हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दलको जोडीलाई सीधा सेटमा ६–३ र ६–४ ले हराएका थिए ।
गल्र्स डबल्समा भारतका अनुष्का भोला र मेहक कपुर तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभबीच फाइनल भिडन्त हुनेछ । ब्वाइज सिंगल्समा भारतका देबसिश साहु, हङकङका होङ क्यु लाउ, भियतनाममा फाम ला होङ र ताइपेईंका काइ इन याङले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
सोही स्पर्धाको गल्र्समा रुसकी मिलिना शुब्खानकुलोभा, हङकङकी जान लिङ छुन वोङ तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभले सेमिफाइनल यात्रा तय गरे ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]