2 years ago
January 31, 2023
तनहुँ (हाम्रो खेलकुद) – ठकुरी समाज बाबियाडाँडा तनहुँले साविक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ घडेरीमा भएको भएको फाइनलमा आयोजक मिलेनियम युवा क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै ठकुरी समाजले ४० हजार रुपैयाँसँगै मेडल र ट्रफी प्राप्त गरेको छ । दोस्रो भएको आयोजक मिलेनियमले २५ हजार रुपैयाँ, मेडल र ट्रफी हात पारेको छ । तेस्रो भएको दरबारथोक युवा क्लब भुस्नापुरले १५ हजार पाएको छ । अमृत विक उत्कृष्ट खेलाडी घोषित भए ।
विजयी टोली तथा खेलाडीलाई शुक्लागण्डकी–१२ का वडाध्यक्ष ईन्द्र गुरूङ, घडेरी टोल विकास समितिका अध्यक्ष नेत्रनारायण गौतम र क्लबका अध्यक्ष नविन गुरुङलगायतले पुरस्कृत गरे ।
स्थानीय स्तरका खेलको संरक्षण र प्रर्वद्धनसँगै खेलाडीहरुको खेलप्रतिको मोह र आर्कषकलाई प्रेरणा दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका –१२ का अध्यक्ष इन्द्र गुरुङले क्लबले कार्यक्रमलाई निरन्तरता दिईरहकोमा क्लबप्रति खुशी प्रकट गर्दै कार्यक्रमहरुलाई परिमार्जन गर्दै लैजान र यसले पर्यटन विकासमा समेत टेवा पुग्ने बताए ।
मिलेनियम युवा क्लब फिरफिरे घरेडीले ३१औं श्रीपञ्चमी मेलाको अवसर पारेर आयोजना गरेको साविकको वडा स्तरीय खुल्ला भलिबल प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको थियो ।
मेलामा भलिबलसँगै कुर्ची घुमाई, बाँसको टुप्पोमा भाले निकाल्ने, छेलो प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता साथै राष्ट्रिय स्तरको कलाकारहरुद्वारा लोक दोहोरी र नृत्य प्रस्तुती रहेको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।