2 years ago
January 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जितेकी युवा उदियमान बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनले सम्मान गरेको छ ।
फाउन्डेसनले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी थाइल्यान्डको बैंककमा यसैसाता सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक रजतधारी सुष्मालाई २५ हजार रुपैयाँले सम्मानित गरेको हो । उनले फाउन्डेसनकी कोषाध्यक्ष सपना गुरुङले २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् ।
महिला ४५ देखि ४८ केजी तौल समूहमा सुष्मा फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग अंकका आधरमा ५–० ले पराजित हुँदै रजतमा सीमित बनेकी थिइन् ।
एसियालीस्तरमा कुनै पनि उमेर समूहमा नेपाली बक्सिङ खेलाडीले रजतपदक जितेको त्यो पहिलोपटक हो । यसअघि, एसियन गेम्समा नेपाली खेलाडीले कास्यपदक जितेका थिए । फाउन्डेसनबाट सम्मानित भएसँगै सुष्माले यस्तो सम्मानले आउँदा दिनमा अझ राम्रो गर्नका लागि उत्प्रेरणा मिलेको बताइन् ।
‘मैले पहिले तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको थिएँ । जसका कारण यस प्रतियोगितामा सहज भयो । पहिलो खेलमा भियतनाम, दोस्रो खेलमा मंगोलियाको खेलाडीलाई पराजित गर्न सफल भए । उज्वेकिस्तानकी खेलाडी एसियन च्याम्पियन हुन् । फाइनलमा पराजित भएपनि मलाई आगामी प्रतियोगिताका लागि प्रेरणा मिलेको छ ।’ सुष्माले भनिन्, ‘मलाई यहाँसम्म पु¥याउन सहयोग गर्नुहुने गुरु, प्रशिक्षकलगायत यो शिरिष फाउन्डेसनलाई पनि धन्यवाद पदन चहान्छु ।’
सुष्माको सम्मान कार्यक्रममा फाउन्डेसनका कार्यालय सचिव जगतमान श्रेष्ठ, फाउन्डेसनका सल्लाहकार प्रचण्ड शर्मा, कपिल किशोर श्रेष्ठ, सुशिल नरसिंह राणा र ओलम्पियन संगिना वैद्यलगायतको उपस्थिति रहेको थियो । फाउन्डेसनले गत भदौंमा सुष्मालाई मासिक १५ हजार रुपैयाँमा १ वर्षको लागि प्रायोजन सम्झौता गरेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]