default_image

2 years ago

January 28, 2023

बक्सिङ टोलीलाई स्वागत

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन बक्सिङ कन्फेडरेसनको आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा यहि जनवरी १६ देखि २७ तारिखसम्म भएको एएसबीसी अन्डर २२ मेन एन्ड उमन बक्सिङ च्याम्पियनसिप २०२३ मा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङ र कांस्य पदक जित्न सफल अन्य खेलाडीहरु लगायत नेपाली बक्सिङ टोलीलाई स्वागत गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले टोलीलाई भव्य स्वागत गरे ।

मिनिमम ४८ किलो तौल समुहका सुष्माले एशियनस्तरमा बलियो मानिएका भियतनाम र मंगोलियाका खेलाडीलाई ५–० र आरएससीको आधारमा पराजित गर्दै फाइनलमा उज्वेकिस्तानका आईवा युथ विश्व च्याम्पियनसंग अंकको आधारमा पराजित भएका थिए ।

उनले पहिलो राउण्डमा निकै राम्रो प्रर्दशन गर्दै ४–१ को स्प्लिट डिसिजनमा पछाडि परेकी थिईन भने देस्रो र तेस्रो राउण्डमा उज्वेकिस्तानका खेलाडीको खेल रणनीति परिवर्तन पछि उनको निरन्तर आक्रमण र अंक बटुल्ने प्रयास असफल रहेको थियो र नतिजा उज्वेकिस्तानका खेलाडीको पक्षमा गएको थियो ।

पदक विजेता अन्य खेलाडीहरुमा महिलातर्फको फेदर वैट ५४ देखि ५७ किलो तौल समुहमा हेमा राईले कास्य, महिला लाईट हेभीवेटमा ७५ देखि ८१ किलो तौल समुहमा त्रिसा जवेगुले कास्य र पुरुषतर्फ क्रुजर वैट ८० देखि ८६ किलो तौल समुहमा विजय बाटाले काश्यपदक प्राप्त गरेका छन् ।

२० देशको सहभागिता रहेको उक्त एएसबीसी एसियनस्तरको अन्डर २२ बक्सिङ प्रतियोगितामा नेपालले एक रजत पदक र तीन कास्य गरी चार पदक जित्दै वरीयताक्रममा सातौं स्थान ओगट्न सफल रहेको छ ।

सोहि प्रतियोगिताका समयमा अन्तराष्ट्रिय बक्सिङ संघ आईवाबाट सञ्चालन भएको इन्टरनेसनल टेक्निकल अफिसियल कोर्सको परीक्षा नेपाल बक्सिङ र्संघका केन्द्रीय सदस्य पुष्कर राज पन्त र आईवा २ स्टार रेफ्री जज कोर्ष परीक्षाको लागि नेपालका आईवा १ स्टार अन्रर्राष्ट्रिय रेफ्री जज राम चन्द्र थापामगर र धनकुमार मैनालीले समेत सहभागिता जनाएका थिए ।

उक्त खेलमा ऐतिहासिक रजत पदक जित्न सफल नेपालका उदीयमान खेलाडी सुष्मालगायत सम्भावना भएका उत्कृष्ट खेलाडीहरुलाई तत्काल वैदेशिक प्रशिक्षण र बढी भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराएमा आगामी १९औ एशियन गेम्समा पनि ऐतिहासिक सफलता प्राप्त गर्न सकिने कुरा उक्त टिमका प्रशिक्षक आईवा ३ स्टार प्रशिक्षक एवम् १६औं एशियन गेम्सका काश्य पदक विजेता दिपक महर्जनले जानकारी गराए ।

आइवा वुमन्स एण्ड मेन्स वल्ड च्याम्पियनसिपको तयारीको रुपमा लिइएको उक्त प्रतियोगिताबाट नेपाली खेलाडीहरुले प्रायोजकका रुपमा नेपाल एयरलाईन्स, इन्फिनिट वेयर, फुड हब बाई यच टु ओ ले सहयोग गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.