default_image

2 years ago

January 28, 2023

रवि र सरस्वती सर्वाेत्कृष्ट

364 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका रवि केसी र नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेका छन् ।

रवि पुरुषतर्फ तथा सरस्वती महिलामा सर्वाेत्कृष्ट बनेका हुन् । रवि र सरस्वतीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । सर्वाेत्कृष्ट दुवैले जनही २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।

महिलातर्फ उत्कृष्ट सेटर प्रगति नाथ (डायमण्ड), सर्भर अरुणा शाही (गण्डकी), ब्लकर संगम महतो (आर्मी), लिवेरो सरस्वती जैसी (आर्मी), स्पाइकर निरुता ठगुन्ना (एपिएफ) घोषित भए । उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी बने ।

पुरुषतर्फ उत्कृष्ट सेटर विवश आलेमगर (गण्डकी), सर्भर घनश्याम चौधरी (गण्डकी), लिब्रो विनोद चन्द (एपिएफ), स्पाइकर टेकराज अवस्थी (एपिएफ), ब्लकर भारतीय खेलाडी नितिन (गण्डकी) बने । पुरुषतर्फ गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

पोखरा रंगशालामा शनिबार भएको पुरुषतर्फको फाइनलमा घरेलु टोली गण्डकीले एपिएफलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै दोस्रोपटक च्याम्पियन बन्दा महिलामा एपिएफले आर्मीलाई ३–१ को सेटमा हराएर दोस्रोपटक च्याम्पियन बन्न सफल भएको थियो ।

टाइगर कपका उत्कृष्ट

सर्वाेत्कृष्ट – सरस्वती चौधरी (महिला – एपिएफ) र रवि केसी (पुरुष– गण्डकी)

स्पाइकर – निरुता ठगुन्ना (महिला– एपिएफ) र टेक राज अवस्थी (पुरुष – एपिएफ)

ब्लकर – संगम महतो (महिला – आर्मी) र नितिन (पुरुष– गण्डकी)

सेटर – प्रगति नाथ (महिला – डायमण्ड) र विवश आले मगर (पुरुष – गण्डकी)

सर्भर – अरुणा शाही (महिला–गण्डकी) र घनश्याम चौधरी (पुरुष– गण्डकी)

लिवेरो – सरस्वती जैशी (महिला – आर्मी) र विनोद चन्द (पुरुष – एपिएफ)

प्रशिक्षक – महेश चौधरी (महिला – एपिएफ) र रमेश केसी (पुरुष– गण्डकी)

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.