default_image

2 years ago

January 28, 2023

एपिएफ अपराजित रहँदै टाइगर कप च्याम्पियन

206 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय नेपाल एपिएफ क्लब लगातार दोस्रोपटक टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ च्याम्पियन बनेको छ ।

लगातार दोस्रोपटक च्याम्पियन बन्ने क्रममा एपिएफले साविकको उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित पराजित गर्दै उपाधि जित्न सफल भएको हो । एपिएफ अपराजित रहँदै च्याम्पियन बनेकाे हाे । एपिएफ पहिलो संस्करणको फाइनलमा पुलिससँग पराजित भएको थियो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनलको पहिलो सेट एपिएफले २५–२० ले जितेको थियो । दोस्रो सेट २२–२५ ले गुमाएपनि एपिएफले त्यसपछिको दुई सेट २५–८ र २५–२२ जित्न सफल भयो । च्याम्पियन बनेसँगै एपिएफले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको आर्मीले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको डायमण्डले १ लाख २५ हजार चौथो भएको गण्डकीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

पुरुषतर्फ आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हासिल गरिसकेको छ । पुरुषतर्फको फाइनल केहीवेरमा हुनेछ । दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.