2 years ago
January 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभा माली माल्दिभ्समा भएको राष्ट्रिय भलिबल प्रतियोगिताको विदेशी खेलाडीतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगितामा क्लब वेम्कोलाई च्याम्पियन बनाउन उनले सानदार प्रदर्शन गरेकी थिइन् । उनी फाइनल खेलमा प्लेयर अफ दि म्याच समेत बनिन् । उनले ट्रफी हात पारिन् ।
प्रतिभा २०७३ मा पनि विदेशीतर्फ सर्वाेत्कृष्ट बनेकी थिइन् । यसपालीको प्रतियोगितामा नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र थाइल्यान्डको खेलाडीले प्रतिस्पधा गरेका थिए ।
माल्दिभ्सस्थित सोसल सेन्टर इन्डोर हलमा शुक्रबार राति भएको खेलमा वेम्कोले क्लब भलिबललाई ३–१ को सेटमा हराएर उपाधि जित्न सफल भएको थियो । वेम्कोले क्लब भलिबललाई २५–११, २२–२५, २५–१९ र २५–१४ को सेटमा पराजित गर्न सफल भयो ।
यससँगै वेम्कोले लिग चरणमा भोगेको हारको बदला लिएको छ । वेम्को लिग चरणमा ३–१ को सेटमा पराजित भएको थियो । वेम्को पछिल्लोपटक सन् २०१९ मा पुलिससँग फाइनलमा पराजित भएको थियो । त्यसबेला प्रतिभाले पुलिसबाट खेलेकी थिइन् ।
माल्दिभ्समा प्रतिभाको यो चौथो उपाधि हो । यसअघि प्रतिभाले सन् २०१६ र २०१७ मा मस्जिद रोड टोलीसँग र २०१९ मा पुलिसबाट उपाधि जितेकी थिइन् ।
वेम्कोकी ऐशाथ माजिदा सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनी उत्कृष्ट आउटसाइड हिटर पनि बनिन् । अपोजिट हिटरमा क्लब भलिबलकी सानिया अहमद मिजा, मिडल ब्लकरमा क्लब भलिबलकी नारिमा एद्रिस, सेटरमा वेम्कोकी फादमत दुसा अन्सारी र क्लब भलिबलकी साइहा महम्मद उत्कृष्ट लिवेरो घोषित भइन् । प्रोमिसिङ खेलाडीमा क्लब भलिबलकी फादमत लिवा हुसेन र वेम्कोकी ऐइसा नजिमा उत्कृष्ट प्रशिक्षक घोषित भइन् ।
गत शनिबारबाट सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगितामा साविक विजेता पुलिस क्लब, क्लब वेम्को, क्लब एगल्स क्लब र क्लब भलिबल गरी चार टोलीले प्रतिस्पर्धा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।