2 years ago
January 27, 2023
माल्दिभ्स (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्टार स्पाइकर प्रतिभा मालीको उच्च प्रदर्शनसँगै क्लब वेम्को माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
प्रतिभा सम्मिलित क्लब वेम्कोले क्लब भलिबललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । माल्दिभ्सस्थित सोसल सेन्टर इन्डोर हलमा शुक्रबार राति भएको खेलको पहिलो सेट क्लब वेम्कोले २५–११ ले सहजै आफ्नो पक्षमा पा¥यो ।
दोस्रो सेटमा ५–१० को स्थितिबाट १२–१२ को बराबरी गरेपनि वेम्कोले २२–२५ ले सेट गुमाउन पुग्यो । तेस्रो सेटमा सुरुवाती अग्रतालाई कायम राख्दै वेम्कोले २५–१९ ले जित्न सफल भयो । चौथो सेटमा एकपक्षीय प्रदशन गर्दै २५–१४ को सहज जित निकाल्न सफल भयो ।
क्लब भलिबल लिग राउण्डमा शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गर्दा वेम्कोले नेपाली महिला राष्ट्रिय टोलीकी अर्का सदस्य उषा भण्डारीको टोली क्लब एगल्सलाई ३–१ को सेटमा हराएर पाइनलमा प्रवेश गरेको थियो । साविक विजेता पुलिसले राउन्ड रोविन लिगको तीनै खेलमा हार बेहोर्दै बाहिरिएको थियो ।
गत शनिबारबाट सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगितामा साविक विजेता पुलिस क्लब, क्लब वेम्को, क्लब एगल्स क्लब र क्लब भलिबल गरी चार टोलीले प्रतिस्पर्धा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।