default_image

2 years ago

January 27, 2023

एनएसएस कपमा संस्कृति र निस्टको विजयी सुरुवात

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – निस्ट स्कुल र संस्कृति अन्तर्राष्ट्रिय स्कुलले नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटल तथा फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

निष्टले फुटबलमा तथा संस्कृतिले बास्केटबलमा जित निकालेको हो । पहिलो दिन महिला बास्केटबलतर्फ जनप्रेमी स्कुललाई हराउँदै संस्कृति अन्तर्राष्ट्रिय स्कुलले विजयी सुरुवात गरेको छ ।

माघ २२ गतेसम्म हुने प्रतियोगितामा बास्केटबलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेलियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेस्नल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्यासंस्कार इन्टरनेस्नल स्कुल गरी ११ टोलीको सहभागीता छ ।

यसैगरी फुटबलतर्फको खेलमा एभेरेन्ट पब्लिक एकेडेमीलाई हराउँदै निस्ट स्कुलले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको फुटबलतर्फ सेन्ट जेभियर स्कुल, विद्या संस्कार इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, बृहस्पती विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वर्ड स्कुल, जन डेवी स्कुल, राजर्शी गुरुकुल स्कुल र त्रियोग हाइ स्कुलगरी १२ टोलीको सहभागीता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

शुक्रबार प्रतियोगिताको उद्घाटन संस्थापक प्रिन्सिपल डा. माधव प्रसाद बराल, राष्ट्रिय महिला बास्केटबल टोलीका कप्तान सदिना श्रेष्ठ तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले संयुक्तरूपमा गरेका थिए ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.