default_image

2 years ago

January 27, 2023

सार्वजनिक संस्थान खेलकुद फागुनमा

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता फागुन अन्तिम साता हुने भएको छ ।

फाइल – तस्विर

प्रतियोगिताअन्तर्गत पुरुष फुटसल र ब्याडमिन्टनको प्रतिस्पर्धा हुने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् । फुटसल फागुन २४ र २५ गते भृकुटिमण्डपमा हुनेछ ।

ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा फागुन २६ देखि २९ गतेसम्म हुनेछ । ब्याडमिन्टनमा पुरुष-महिला सिंगल्स र डबल्स, ४५ वर्षमाथि भेट्रान तथा पेस्डान एक्सिक्युटिभ डबल्स गरी ६ स्पर्धामा खेल हुने ब्याडमिन्टन खेलका संयोजक समेत रहेका पेस्डानका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए ।

दुवै खेलको नगद पुरस्कार राशी जम्मा २ लाख २५ हजार रुपैयाँ रहेको छ । विभिन्न संस्थानका प्रतिस्पर्धीको सहभागिता रहने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ७८ हजार रुपैयाँ खर्च हुने पेस्डानले जनाएको छ ।

October 7, 2024

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]

October 7, 2024

ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ ,सिड्नी आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ […]

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

Success

Thank you for your time.