2 years ago
January 27, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ अपराजित रहँदै तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।
एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहँदै उपाधिनजिक पुगेको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई २५–१०, २५–२१ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । टोलीका कप्तान तथा सेटर इम रानाविनाको पुलिसले टाइगर कपमा कुनै पनि खेलमा राम्रो प्रदर्शन गर्न सकेन ।
यसअघि लिगमा एपिएफले ३–१ को सेटमा जित निकालेको थियो । पराजित पुलिसले अब शनिबार तेस्रो स्थानको लागि आर्मी र गण्डकीबीचको पराजित टोलीसँग खेल्नेछ । आर्मी र गण्डकीबीचको दोस्रो सेमिफाइनल केहीवेरमा शुरु हुनेछ ।
महिलतातर्फ घरेलु टोली गण्डकी प्रदेशलाई २५–१९, २५–१६ र २५–१६ को सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरिसकेकाे छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।