default_image

2 years ago

January 26, 2023

सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुने

196 views

0 Bookmark

कैलाली (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा देशकै सर्वाधिक धनराशीको धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।

देशभरमै सर्वाधिक पुरस्कार राशीको ब्याडमेन्टन प्रतियोगिता प्रदेशमा संचालन गर्न लागेको संयोजक मेम्बर सिंहले जानकारी दिए । प्रतियोगितामा खुल्ला पुरुष डबल्स, ४५ बर्ष माथिका भेट्रान्स र ५५ बर्षमाथिका भेट्रान्स गरि तीन ईभेन्टमा प्रतियोगिता संचालन गरिने संयोजक सिंहले बताए ।

खुल्ला पुरुष डबल्सको विजेताले १ लाख २१ हजार, दोस्रोले ७१ हजार र तेस्रोले ५१ हजार रकम पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिने छ । ४५ बर्षमाथिको भेट्रान्सको विजेताले ५१ हजार, दोस्रोले ३१ हजार र तेस्रोले २१ हजार प्राप्त गर्ने छ । यस्तै ५५ बर्षमाथिको भेट्रान्सको विजेताले ३१ हजार, दोस्रोले २१ हजार र तेस्रोले ११ हजार नगद सहित ट्रफी, मेडल प्रदान गरिनेछ ।

प्रतियोगिताको पुरस्कार राशी ४ लाख ९ हजार रुपैया रहेको छ । प्रतियोगितामा सहभागिताका लागि फागुन ९ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने छ ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.