2 years ago
January 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवौं एलआरआई बास्केटबल र फुटसल फेस्टको तयारी पूरा भएको आयोजक एलआरआई स्कुलले जनाएको छ ।
एलआरआई स्कुलले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । माघ १३ देखि १९ गतेसम्म हुने प्रतियोगितामा राजधानीका १६ विद्यालयको सहभागिता रहने र प्रतियोगिता लिक कम नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजक स्कुलका प्रशासन प्रमुख दीपक जोशीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिने ध्रुव खड्काले जानकारी दिए ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]