default_image

2 years ago

January 26, 2023

प्रतिभा सम्मिलित क्लब वेम्को फाइनलमा

282 views

0 Bookmark

माले (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्टार स्पाइकर प्रतिभा माली सम्मिलित क्लब वेम्को माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतिभा सम्मिलित क्लब वेम्कोले नेपाली राष्ट्रिय टोलीकै अर्का सदस्य उषा भण्डारी सम्मिलित क्लब एगल्सलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

माल्दिभ्सस्थित युथ सेन्टर इन्डोर हलमा बुधबार राति भएको खेलको पहिलो सेट क्लब वेम्कोले २५–१५ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट १९–२५ ले गुमाएको क्लब वेम्कोले त्यसपछिको दुवै सेट क्रमश २५–२० र २५–१९ ले जित्दै फाइनलमा पुग्न सफल भयो ।

अब क्लब वेम्कोले उपाधिका लागि क्लब भलिबलसँग खेल्नेछ । फाइनल शुक्रबार राति हुनेछ । क्लब भलिबल लिग राउण्डमा शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरिसकेको छ । क्लब भलिबलले ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रह्यो

लिगमा क्लब वेम्को ३ खेलबाट ६ अंक जोडेर दोस्रो तथा क्लब एगल्स ४ अंक जोडेर तेस्रो स्थानमा रहेको थियो । यि दुई टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दा क्लब वेम्कोले बाजी मारेको हो । साविक विजेता पुलिसले तीनवटै खेलमा हार बेहोरेर बाहिरिसकेको छ ।

गत शनिबारबाट सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगितामा साविक विजेता पुलिस क्लब, क्लब वेम्को, क्लब एगल्स क्लब र क्लब भलिबल गरी चार टोलीले प्रतिस्पर्धा गरिरहेको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.