2 years ago
January 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले इन्डोनेसियाको जकार्तामा जनवरी २७ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने आईएसएसएफ विश्वकप राइफल एण्ड पेस्तोलमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
ओलम्पिक छात्रवृत्ति होल्डर सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । यस स्पर्धामा सुस्मिताबाट पदकको अपेक्षा गरिएको छ । सुस्मिताको प्रशिक्षकमा प्रदिप खाती छन् ।
दुई सदस्यीय टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाई गरे ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलाडी सुस्मितालाई शुभकामना दिर्द विश्व च्याम्पियनसिप खेलाडीको अनुभव अभिवृद्धि गर्ने एउटा ठूलो मञ्च रहेको र यसले आगामी पेरिस ओलम्पिक खेल्न आत्मविश्वास बढाउन मद्दत गर्ने बताए ।
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]