default_image

2 years ago

January 25, 2023

टेनिस खेलाडी छनोट

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ वल्र्ड जुनियर यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत प्रि क्वालिफाइङका लागि नेपालबाट ३ पुरुष खेलाडी छनोट भएका छन् ।

बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य रहेका छन् ।

प्रतियोगिता फेब्रुअरी १३ देखि १८ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा हुनेछ । त्यस्तै संघ मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने आईटीएफ यु–१४ फाइनल क्वालिफाइङका लागि छनोट प्रतियोगिता गर्ने भएको छ ।

छनोट प्रतियोगिता फेब्रुअरी १२ तारिखमा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । ३ महिला खेलाडी उक्त प्रतियोगिताका लागि छनोट गरिने कार्यालय सचिव देवकोटाले जानकारी गराए ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.