2 years ago
January 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।
कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ड्रागन उसु क्वानले ५ स्वर्ण, ५ रजत र ४ कांस्य हात पा¥यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा बुधबार भएको प्रतियोगिताअन्तर्गत थाउलोको पुरुषमा ड्रागनका रोजिश बल तथा महिलामा बुद्ध प्रकाशकी लक्ष्मी तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
सान्सौंको पुरुषमा कपन उसु क्वानका प्रतिक कुलुङ तथा महिलामा यिन याङकी उसु क्वानकी रेश्मा ब्लोन उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, नेपाल उसु महासंघका अध्यक्ष जनक गर्तौला, आयोजक कालभैरव उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठलगतयतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
स्वर्ण विजेता सम्मानित
प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको समापनका अवसरमा आयोजक कालभैरव उसु क्वानले बृहत राष्ट्रिय खेलकुदको फरक संस्करणमा उसुमा ३ देखि ३ भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई पनि सम्मान गरेको थियो ।
एलिना चौधरी (५ स्वर्ण), मंगलप्रसाद थारु (४ स्वर्ण), अशोक खालिङ (४ स्वर्ण), सुस्मिता तामाङ (४ स्वर्ण) तथा ३ स्वर्ण विजेता निमा घर्ती मगर, हरिप्रसाद गोले, विजय सिन्जाली, दीपक हमाल र चित्रसिंह ठकुरी सम्मानित भए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]