default_image

2 years ago

January 25, 2023

आर्मीलाई हराएर एपिएफ शीर्षस्थानमा

174 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै साविक विजेता नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ तेस्रो जित निकालेकाे छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै अपराजित रहेर शीर्षस्थानमा रहन सफल भएको हो ।

पहिलो सेट २५–१७ ले जितेको एपिएफले दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । त्यसपछिको दुवै सेटम एपिएफले सहजै २५–१६ र २५–१५ ले जित्न सफल भयो ।

यस जितसँगै एपिएफ ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रह्यो । आर्मी तीन खेलबाट ६ अंक जोडेर दोस्रो तथा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले ३ अंब बटुल्दा घरेलु टोली गण्डकी प्रदेश अंकविहीन बन्यो । बुधबारै डायमण्डले गण्डकीलाई १९–२५, २५–१५, २५–१४ र २५–११ को सेटमा हराएर लिगमा तेस्रो स्थान हासिल गरेको छ ।

यस नतिजासँगै महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा शीर्षस्थानमा रहेको एपिएफले पुछारमा रहेको गण्डकीसँग तथा दोस्रो स्थानमा रहेको आर्मी र तेस्रो स्थानमा रहेको न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइन बिहीबार हुनेछ । तेस्रो स्थानको खेल शुक्रबार तथा फाइनल शनिबार हुनेछ ।

आज नै पुरुषतर्फ आर्मी र गण्डकी तथा एपिएफ र सेन्ट जोसेफबीच खेल हुनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.