2 years ago
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ड्रागन उसु क्वानका रोजस बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमा मंगलबार स्वर्ण जितेका छन् ।
निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए । सो स्पर्धाको महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा पहिलो, काठमाडौंकी मारिया राई दोश्रो र काठमाडौंकी आरोही लामा तेश्रो भए ।
कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगिताको पुरुष छुची नान छ्वानमा बुद्ध प्रकाश उसु क्वानका समिर बस्नेतले स्वर्ण, ड्रागनका पासाङ तामाङले रजत र निन्जाका रेमन ठाडा मगरले कांस्य जिते ।
उक्त स्पर्धाको महिलामा ड्रागनकी पूजा तामाङ पहिलो, ड्रागनकै रश्मी तामाङ दोश्रो र बुद्ध प्रकाशकी बबिता मगर तेश्रो बने । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष थाइची छ्वानमा निन्जाका लब्सन आले मगर पहिलो, बुद्ध प्रकाशका युनिप घिमिरे दोश्रो र बुद्ध प्रकाशकै प्रिन्स लामा तेश्रो भए ।
सोही स्पर्धाको महिलामा काठमाडौंकी ऐश्वर्य भट्ट, पशुपति कैलाश उसु क्वानका निशुम केरुङ र बुद्ध प्रकाशका फुर्वी थिङ क्रमशः शीर्ष तीन स्थानमा रहे ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सान्सौंमा १८ र थाउलुमा १७ गरी कुल ३५ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको आयोजक क्वानका अध्यक्ष निकेश श्रेष्ठले जनाएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]