default_image

2 years ago

January 24, 2023

विश्व च्याम्पियन टेबल टेनिस खेलाडीलाई स्वागत

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानको मस्कटमा भएको २०औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ मा विजयी खेलाडीद्वय राजेन्द्र दुलाल र रक्त मानन्धरलाई राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले मंगलबार स्वागत गर्दै बधाई प्रदान गरेका छन् ।

सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई प्रदान गर्दैै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे । दुलाल र मानन्धरको जोडीले पुरुष डबल्स ४५ बर्ष माथीको समूहमा भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाइ फाईनलमा पराजित गर्दै स्वर्ण हासिल गरेका हुन् ।

यो टेबल टेनिसमा ऐतिहासिक सफलता रहेको दुलालले जानकारी गराए ।च्याम्पियनसिपमा दुलाल र मानन्धरका अलावा संजय अर्याल, प्रकास बहादुर धाख्वा, निम जोशी र प्रशिक्षकमा अनिता महर्जनको समेत सहभागिता रहेको थियो । नेपाली खेलाडीहरुको हौसला अभिबृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्याल र त्यहास्थित नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

April 24, 2025

आयोजक चन्द्रगढी भेट्रान फुटबलको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे‌। सन्तोष बस्नेतले […]

April 23, 2025

मणिमुकुन्द कप भलिबल -आर्मी र गण्डकीको जित

सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा‌३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]

April 22, 2025

दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन‌ मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]

Success

Thank you for your time.