2 years ago
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू२२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगु पराजित भएका छन् ।
महिलातर्फ ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजिकिस्तानकी एरजन गुल्सायसँग अंकको आधारमा र पुरुष ८६ केजी तौल समुहमा नेपाली मुक्केबाज विजय बाटा ईन्डोनेसियन मुक्केबाज मोसकिता माईकलसँग सेमिफाइनलमा आरएसीको आधारमा पराजित भएका छन् ।
४८ किलो तौल समुहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्द्धी बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै नेपाली मुक्केबाज सुष्मा तामाङ फाइनल प्रवेश गरेकी छिन् ।
तामाङले क्वाटरफाइनलमा भेतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा जित हासिल गरेकी थिईन् । नेपालले एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन काँस्य पदक जितिसकेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]