default_image

2 years ago

January 24, 2023

गण्डकीमाथि एपिएफको जित

288 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप भलिबलमा घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा एपिएफले गण्डकीलाई ३–१ सेटमा पराजित गर्दै राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा एपिएपले पहिलो र दोस्रो सेट क्रमश २५–१९ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २०–२५ ले गुमाएको एपिएफले चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको एपिएफको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित गण्डकीको २ खेलबाट ३ अंक छ । आर्मीको पनि २ खेलबाट ३ अंक छ । पुलिसको ३ खेलबाट २ अंक तथा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबको २ खेलबाट १ अंक छ ।

टाइगर कपमा बुधबार महिलातर्फ न्यु डायमण्ड र गण्डकी तथा एपिएफ र आर्मीबीच खेल हुनेछ । पुरुषतर्फ आर्मी र गण्डकी तथा एपिएफ र सेन्ट जोसेफबीत खेल हुनेछ । सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको टोलीले चौथो स्थानको टोलीसँग तथा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ । विजेता फाइनलमा प्रवेश गर्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.