2 years ago
January 24, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ रोमाञ्चक पूनरागमन जित निकालेको छ ।
पुलिसले दुई सेट पछि परेको स्थिति उल्ट्याएर श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा पुलिसले पहिलो र दोस्रो सेट १९–२५ र २३–२५ ले गुमाउन पुगेको थियो । तर, त्यसपछिको तीन सेट पुलिसले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
पुलिसले तेस्रो सेट २५–२३ ले जित्दै खेलमा फर्कने संकेत दियो । चौथो सेट पुलिसले २५–१९ ले जित्दै खेललाई २–२ सेटको बराबरीमा ल्याउँदै खेललाई पाँचौ सेटमा लम्ब्याए । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको निर्णायक तथा पाँचौ सेटमा पुलिस १५–१३ ले विजयी हुन सफल भयो ।
यस जितसँगै पुलिसले ३ खेलबाट २ अंक जोडेको छ । सेन्ट जोसेफको २ खेलबाट १ अंक छ । आज नै अन्तिम खेलमा गण्डकी र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ । एपिएफको २ खेलबाट ६ अंक छ । गण्डकीको १ खेलबाट ३ अंक छ । आर्मीको २ खेलबाट ३ अंक छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।