default_image

2 years ago

January 24, 2023

डायमण्डको लगातार दोस्रो हार

151 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा डायमण्डले साविकको विजेता एपिएफसँग ३–० को सोझो सेटमा पराजित हुँदै लगातार दोस्रो हार बेहोरेको हो । यसअघि डायमण्ड आर्मीसँग पनि ३–० कै सोझो सेटमा पराजित भएको थियो ।

मुख्य स्पाइरक प्रतिभा माली विनाको डायमण्डले एपिएफलाई १५–२५, २०–२५ र ७–२५ ले नतिजा सुम्पियो । लगातार दोस्रो हारसँगै डायमण्डले अंकको खाता खाेल्न सकेकाे छैन । अब डायमण्डले राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली गण्डकी प्रदेशसँग खेल्दैछ ।

लगातार दोस्रो जितसँगै एपिएफकाे २ खेलबाट ६ अंक पुगेको छ । यसअघि एपिएफले पहिलो खेलमा घरेलु टोली गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

आज नै महिलातर्फ आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुँदैछ । पुरुषतर्फ पुसिल र सेन्ट जोसेफ तथा गण्डकी र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।

महिलातर्फ चार टोली रहेकाले लिगको शीर्षस्थानमा रहने टोलीले चौथो स्थानको टोलीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्दा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ ।

पुरुषतर्फ ५ टोली रहँदा एक टोली बाहिरिदा शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछ । लिगको शीर्षस्थानमा रहने टोलीले चौथो स्थानको टोलीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्दा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.