2 years ago
January 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओमानको मस्कटमा जारी २०औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपालले स्वर्ण जितेको छ ।
आज शनिबार सम्पन्न पुरुष ४५ बर्ष माथीको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् ।
नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको मस्कटबाट प्रशिक्षक अनिता महर्जनले जानकारी गराएकी छिन् ।
नेपाली खेलाडीहरुको हौसला अभिबृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्याल र नेपालीहरुको उपस्थिती रहेको खेलाडी दुलालले जानकारी गराए ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 26, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो । नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय […]