default_image

2 years ago

January 20, 2023

याङगाङ गल्सलाई खुल्ला महिला भलिबल उपाधि

263 views

0 Bookmark

सिक्किम (हाम्रो खेलकुद) – याङगाङ गल्र्सले भारतको सिक्किममा भएको पहिलो संस्करणको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार भएको फाइनलमा आयोजक प्योरल्याण्ड इन्टरनेसनल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

नाम्चे डिष्ट्रिक सिक्किमस्थित याङगाङ सिनियर सेकेन्डरी स्कुलको भलिबल कोर्टमा भएको फाइनलको पहिलो सेट याङगाङ गल्र्सले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा याङगाङ गल्र्सले पछि पर्नुका बावजुत २५–२१ को सेटमा जित निकाल्दै उपाधितर्फ अग्रसर बन्यो । तेस्रो सेटमा एकपक्षीय प्रदर्शन गर्दै याङगाङ गल्र्सले २५–१४ ले खेल जित्दै च्याम्पियन बन्न सफल भयो ।

दुवै टोलीमा काठमाडौंको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । न्यु डायमण्डको टोली १ माघमा काठमाडौंमा भएको सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेलेको भोलिपल्टै सिक्किम प्रस्थान गरेको थियो ।

सिक्किमको भलिबल प्रतियोगितापछि न्यु डायमण्डको टोली पोखरामा ८ माघदेखि आयोजना हुने तेस्रो संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गर्नेछ ।

फाइनल खेलमा च्याम्पियन याङगाङ गल्र्सका स्पाइकर सलिना बुढा मगर प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ट्रफी हात पारे । उपाधिसँगै याङगाङ गल्र्सले २ लाख भारतीय रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको प्योरल्याण्ड इन्टरनेसनल एकेडेमीले १ लाख भारतीय रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्योरल्याण्ड इन्टरनेसनल एकेडेमीका एन्जिला प्रधान प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले ट्रफी प्राप्त गरिन् । प्रतियोगिता दौरान सिक्किमकै महिला राष्ट्रिय फुटबल खेलाडी करिश्मा राई (दक्षिण सिक्किम राभाङ्ला) लाई सम्मानित गरिएको थियो । कालिङपोङ कोलकत्ता थन्डर्स बोल्ड्सले तेस्रो स्थान हासिल गरेको छ ।

विजेतालाई एमएलए पिन्चु नाम्गेल लेप्चा, विधायिका राज कुमारी थापा, एसके एम पार्टीका वरिष्ठ उपाध्यक्ष आरके बस्नेत, प्योरल्याण्ड इन्टरनेसनल एकेडेमीका निर्देशक सोनाम वाङ्दी भुटियालगायत पञ्चायत सदस्य, आयोजक टोलीहरुले पुरस्कृत गरे ।

नकआउटको आधारमा २ माघदेखि शुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । आयोजक प्योरल्याण्ड इन्टरनेसनल एकेडेमीले सिक्किममा महिला भलिबलको चेतना जगाउन पहिलोपटक खुल्ला महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको जनाएको छ ।

यस खालको प्रतियोगिताले अब सिक्किममा पनि महिला भलिबलको विकास हुने आयोजकले दावी गरेको छ । सिक्किममा यसअघि महिलाहरुको विभिन्न खेल भएपनि भलिबल पहिलोपटक भएको हो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.