default_image

2 years ago

January 19, 2023

खुल्ला महिला भलिबलमा कालिङपोङ तेस्रो

211 views

0 Bookmark

सिक्किम (हाम्रो खेलकुद) – कालिङपोङ कोलकत्ता थन्डर्स बोल्ड्सले सिक्किममा भएको प्रथम खुल्ला महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

नाम्ची डिष्ट्रिक सिक्किमस्थित याङगाङ सिनियर सेकेन्डरी स्कुलको भलिबल कोर्टमा बिहीबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा कोलकत्ता थन्डर्सले गान्तोक तादोङ जोसफाइट सिक्किमलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेका हुन् ।

एकपक्षीय खेलमा कोलकत्ताले २५–६, २५–६ र २५–९ को सहज जित निकाल्यो । तेस्रो भएसँगै कालिङपोङ कोलकत्ता थन्डर्स बोल्ड्सले ५० हजार भारतीय रुपैयाँ र चौथो भएको तादोङले १० हजार रुपैयाँ हात पारेको छ ।

खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार याङगाङ गल्र्स र आयोजक प्योरल्याण्ड इन्टरनेसनल एकेडेमीबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीमा काठमाडौंको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका खेलाडीहरु रहेका छन् ।

न्यु डायमण्डको टोली १ माघमा काठमाडौंमा भएको सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेलेको भोलिपल्टै सिक्किम प्रस्थान गरेको थियो । सिक्किमको भलिबल प्रतियोगितापछि न्यु डायमण्डले पोखरामा ८ माघदेखि पोखरामा आयोजना हुने तेस्रो संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गर्नेछ ।

विजेताले २ लाख भारतीय रुपैयासँगै शिल्ड जित्नेछ । दोस्रो हुनेले १ लाख भारतीय रुपैयाँ तथा नकआउटका आधारमा २ माघदेखि शुरु भएको प्रतियोगितामा ८ टोली पोकलोक कामरङ नाम्ची, कालिङपोङ कोलकत्ता थन्डर्स, याङगाङ गल्र्स, दार्जिलिङ गल्र्स, तादोङ जोसफाइट गान्तोक, अनस्टप वेभर्स नाम्ची, प्योरल्याण्ड याङगाङ र सेलेक्सन कलेज नाम्चीको सहभागिता रहेको थियो ।

आयोजक प्योरल्याण्ड इन्टरनेसनल एकेडेमीले सिक्किममा महिला भलिबलको चेतना जगाउन पहिलोपटक खुल्ला महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । यस खालको प्रतियोगिताले अब सिक्किममा पनि महिला भलिबलको विकास हुने आयोजकले दावी गरेको छ । सिक्किममा यसअघि महिलाहरुको विभिन्न खेल भएपनि भलिबल पहिलोपटक भएको हो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.