default_image

2 years ago

January 15, 2023

राजा र उषा सर्वाेत्कृष्ट

382 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपालका पाकिस्तानी मुवासर राजा र नेपाल पुलिस क्लबक स्पाइकर उषा भण्डारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उषा महिलातर्फ तथा राजा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । उषाले पुलिसलाई १० वर्षपछि च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएकी थिइन् ।

यस्तै राजाले हेल्प नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । शक्तिशाली सर्भिस र स्पाइक गर्न खेलाडीको रुपमा चिनिएका पाकिस्तान भलिबल टोलीका समेत कप्तान रहेका राजा यस च्याम्पियनसिपमा चारपटक केल्मी प्लेयर अफ दि म्याच घोषित भएका थिए । यस्तै राजा नै व्यक्तिगत विधातर्फको उत्कृष्ट सर्भर घोषित भएका छन् ।

सर्वाेत्कृष्ट उषाा र राजा दुवैले समान २५ हजार रुपैयाँ र ट्रफी हात पारे । यस्तै सर्वाेत्कृष्ट दुवैले इन्टरनेट सेवा प्रदायक भाएनेटबाट समान ६ महिनाको इन्टरनेट सेवा प्राप्त गरेको छ ।

यस्तै व्यक्तिगत विधातर्फ उनीहरु सबैले समान १० हजार रुपैयासँगै इन्टरनेट सेवा प्रदायक भाएनेटबाट समान ३ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

च्याम्पियनसिपको उत्कृष्ट

सर्वाेत्कृष्ट – उषा भण्डारी (महिला – पुलिस) र मुवासर राजा (पुरुष– हेल्प नेपाल)

स्पाइकर – प्रतिभा माली (महिला– न्यु डायमण्ड) र धन बहादुर भट्ट (पुरुष – आर्मी)

ब्लकर – कविता भट्ट (महिला – एपीएफ) र रविन नगरकोटी (पुरुष–पुलिस)

सेटर – कमला पुन (महिला – पुलिस) र हरि हजुर थापा (पुरुष – आर्मी)

सर्भर – संगम महतो (महिला–आर्मी) र मुवासर राजा (पुरुष– हेल्प नेपाल)

लिवेरो – सलिना श्रेष्ठ (महिला – न्यु डायमण्ड) र दीपक थापा (पुरुष – हेल्प नेपाल)

प्रशिक्षक – रुपेश विष्ट (महिला – पुलिस) र उत्सव खड्का (पुरुष– हेल्प नेपाल)

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.