2 years ago
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ ।
आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै साविकको उपविजेता हेल्प नेपालले उपाधि जित्न सफल भएको हो । आर्मीले पाकिस्तानको तीन राष्ट्रिय खेलाडी सम्मिलित हेल्प नेपाललाई बलियो चुनौती पेश गरेपनि खेल आफ्नो पक्षमा पार्न सकेन ।
यससँगै हेल्प नेपालले यसअघिको तीन फाइनल (क्लब च्याम्पियनसिप, क्लब लिग र टाइगर कप) मा भोगेको हारको बदलासमेत लिन सफल भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलको पहिलो सेट हेल्प नेपालले २५–२२ ले सहजै आफ्नो पक्षमा पार्यो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा आर्मीले अग्रता लिएपनि हेल्प नेपालले पूनरागमन गर्दै २६–२४ को जित निकाल्न सफल भयो ।
तेस्रो सेटमा पनि हेल्प नेपालले पछि परेको स्थिति उल्ट्याएर २५–२३ को जित निकाल्न सफल भयो । अेल्प नेपालले २२–२२ को बराबरीबाट अग्रता लिन जित निकाल्न सफल भयो ।
हेल्प नेपाललाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका पाकिस्तानी मुवासर राजा केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । उनी चौथोपटक केल्ी प्लेयर अफ दि म्याच भएका हुन् ।
च्याम्पियन बनेसँगै हेल्प नेपालले शिल्डसँगै पै४ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको आर्मीले २ लाख रुपैयाँ प्राप्त गरेको छ । तेस्रो भएको एपिएफले १ लाख रुपैया हात पारेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।