default_image

2 years ago

January 15, 2023

पुलिसलाई हराउँदै एपिएफ तेस्रो

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो भएको छ ।

पहिलो सेट गुमाउनुको बावजुत त्यसपछि सानदार पुनरागमन गर्दै ३–१ सेटमा जित निकाल्दै एपिएएफले तेस्रो स्थान हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा पहिलो सेट एपिएफले १५–२५ ले गुमाएको थियो । त्यसपछि पुलिसले आफ्नो लय गुमाउँदा तीन सेट नै एपिएफलाई सुम्पियो ।

दोस्रो सेट एपिएफले २५–२० ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए । तेस्रो सेट एपिएफले २५–२३ ले जित्दै खेलमा अग्रता बनायो ।

चौथो सेटमा एक समय १२–८ ले पछि रहेको एपिएफले लगातार ५ अंक जोड्दै खेलमा पूनरागमन गर्दा २५–१८ ले जित्न सफल भयो । एपिएफका विजय थापा केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । आज महिलातर्फ तेस्रो स्थानको लागि आर्मी र एपिएप बीच प्रतिस्पर्धा हुँदैछ ।

महिलातर्फको फाइनलमा साविक विजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले विभागीय नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको फाइनल मध्यान्ह १२ बजे सुरु हुनेछ । यि दुई टोलीले समूह चरणमा प्रतिस्पर्धा गर्दा पुलिस विजयी भएको थियो ।

त्यस्तै पुरुषतर्फको फाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र साविकको उपविजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो २ बजे हुनेछ ।

पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६-६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

January 5, 2025

अष्ट्रेलियामा पुरुष भलिबल कप अर्काे महिना

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]

January 4, 2025

एनएनआइपिए स्पोर्टस अवार्ड आज

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल‌ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को‌ आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]

Success

Thank you for your time.