default_image

2 years ago

January 14, 2023

सुनिल र रोनिशालाई स्वर्ण

185 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – सुनिल महर्जन र रोनिशा महर्जनले चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

सुनिल प्रतियोगिताको मुख्य विधा पुरुष एकल र रोनिसा महिला एकलमा च्याम्पियन बनेकी हुन् । दुवै स्वर्ण विजेता वडा नम्वर १२ का हुन् ।

शनिवार सम्पन्न प्रतियोगिताको अन्तिम दिन पुरुष एकलमा सुनिल महर्जनले वडा ७ का डिकेन महर्जनलाई ४–१ को सेटमा पराजित गर्दै स्वर्ण जित्न सफल भए ।

त्यस्तै महिला एकलमा वडा नम्वर १२ की रोनिशा महर्जनले वडा नम्वर ८ की सुरम्या शाक्यलाई ४–१ ले पराजित गर्दै स्वर्ण पदक जितिन् ।

यो नतिजासँगै ललितपुर वडा नम्वर १२ ले कुल ५ स्वर्ण र ४ काश्य जित्दै टिम च्याम्पियन बन्न सफल भएको छ । त्यस्तै वडा नम्वर १९ ले २ स्वर्ण र १ काश्य जितेर दोस्रो स्थान हात पारे । १ स्वर्ण, २ रजत र ३ काश्य जितेर वडा नम्वर १६ ले तेस्रो भयो ।

शनिवार नै सम्पन्न १६ वर्षमुनिको गल्स फाइनलमा राष्ट्रिय खेलाडी इभाना थापाले स्वर्ण पदक जित्न सफल भइन् । वडा १२ की थापाले प्रतिद्धन्दी वडा नम्वर १६ की अंकिता बज्राचार्यलाई ४–० को सोझो सेटमा पराजित गरिन् ।

ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हःखाद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत शनिवार भएको यु–१६ ब्वाइजमा वडा नम्वर १३ का आयुष भारतीले स्वर्ण जिते । उनले वडा ७ का एलेन महर्जनलाई ४–१ को सेटमा हराए ।

त्यस्तै ४० वर्षमाथिको भेट्रान पुरुषको फाइनलमा वडा नम्वर १९ का निकेनमान प्रधानले वडा नम्वर १८ का ठाकुर थापालाई ४–० को सोझो सेटमा पराजित गरे । ५० वर्षमाथिको भेट्रान्समा वडा ११ का राजेन्द्र बज्राचार्यले वडा २० का सुरेश बज्राचार्य ४–० को सोझो सेटमा हराएर स्वर्ण जिते ।

त्यस्तै पुरुष टिम इभेन्ट्समा वडा नम्वर १२ ले वडा नम्वर ७ लाई हराएर टिम च्याम्पियन बनेको छ । ६ दिनसम्म संचालन भएको प्रतियोगितामा ५ सय भन्दा वढी खेलाडिहरुको सहभागिता थियो ।

April 24, 2025

आयोजक चन्द्रगढी भेट्रान फुटबलको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे‌। सन्तोष बस्नेतले […]

April 23, 2025

मणिमुकुन्द कप भलिबल -आर्मी र गण्डकीको जित

सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा‌३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]

April 22, 2025

दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन‌ मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]

Success

Thank you for your time.