2 years ago
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी थिए । साताव्यापी तालिममा सहभागीलाई एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कान्ति महतो, राजेश वज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, दिवाकरलाल अमात्य, डा. ज्ञानेन्द्र शाहलगायतले विविध पक्ष बारे प्रशिक्षण दिएका थिए ।
बागमती प्रदेशले आफ्नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको तालिमका सहभागीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, आयोजक परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
सदस्य–सचिव भण्डारीले आगामी दिनमा अन्य खेलको पनि क्रमैसंग तालिम सञ्चालन गर्ने जानकारी गराए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]