default_image

2 years ago

January 14, 2023

सुविन र दिलशा जुनियर च्याम्पियन

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका सुविन श्रेष्ठ र कास्कीकी दिलशा राना इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिको च्याम्पियन बनेका छन् ।

यु–१५ छात्रतर्फ सुविनले धादिङका अश्विन मगरलाई २१–१५ र २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । यस्तै छात्रातर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१० र २१–१९ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भए ।

छात्रतर्फ सूर्यदर्शनका अमन डंगोल र आर्मीका सुदेश राजकोटी संयुक्त रुपमा तेश्रो भए । छात्रातर्फ नेक्सस ईन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र ईमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य संयुक्त तेश्रो भए ।

योनेक्सको नेपालमा आधिकारीक विक्रेता इनास ईन्टरप्राईजेज र अपी स्पोर्टस् म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको यु–१३ छात्रतर्फ कैलालीका शिषिर रानाले जित हात पारे । उनले तनहुँका सफल भुजेललाई २१–१४ र २२–२० को सोझो सेटमा पराजित गर्दै उपाधि जिते ।

एपेक्स लाईट स्कुलका सुहम कार्की र ग्यालेक्सी स्कुलका रिशभ राई संयुक्त तेश्रो भए । यस्तै छात्रातर्फ सेनाकी रिहान शेरचनले सेनाकै सम्बृद्धि श्रेष्ठलाई २१–१३ र २१–७ ले हराएर उपाधि जितिन् । नेक्सस ईन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र ईमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य तेस्रो भए ।

बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीमा शनिबार भएको खेलको यु–११ छात्रतर्फ कैलालीका आदत्य चौधरी र छात्रातर्फ कास्कीकी निभा राईले उपाधि जिते । आदत्यले दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारीलाई २१–१३ र २१–१९ ले पराजित गरे ।

निभाले दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्रीलाई २१–१७ र २१–१८ ले पराजित गरिन् । इमाडोल ब्याडमिन्टनका प्रिन्स थापा मगर र प्रशान्त बुढाथोकी तथा छात्रातर्फ सेनाका समृद्धि श्रेष्ठ र अजरेंका शेरचन तेस्रो भए ।

यु–१५ तर्फ शीर्ष तीन स्थान हात पार्ने टोलीले १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे । क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गरे ।

यस्तै यु–१३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गरे ।

यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गरे । यसका साथै इनासले विजयी खेलाडीहरुलाई योनेक्सका विभिन्न खेल सामाग्री प्रदान गरेको थियो ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बागमती खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह, इनास ईन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए । च्याम्पियनसिपमा करिव १३९ खेलाडीहरुको सहभागिता रहेको थियो ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.