2 years ago
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर प्रतिभा मालीको सानदार प्रदर्शनसँगै साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले फाइनलका यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलको पहिलो सेटमा बिर्सनलायक प्रदर्शन गरेपनि त्यसपछिको तीनै सेट जित्न सफल भयो ।
डायमण्डले १७–२५ ले सेट गुमाउन पुगेको थियो । तर, त्यसपछिको सेटमा भने डायमण्डले सानदार प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । दोस्रो सेट २५–१९ ले जित्दै डायमण्ड खेलमा फर्कियो । तेस्रो सेटमा डायमण्ड २५–१६ ले विजयी हुन सफल भयो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट डायमण्डले २५–१८ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुग्यो ।
डायमण्डलाई फाइनलमा पु¥याउन सानदार प्रदर्शन गरेकी माली खेलको केल्मी प्लेयर अफ दि म्याच चुनिइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
अब डायमण्डले उपाधिको लागि आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले शनिबारै साविकको उपविजेता विभागीय नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा पुगिसकेको छ । पुलिसले एपिएफलाई २५–१५, १७–२५, २१–२५, २५–२१ र १५–७ को सेटमा हरायो ।
पुरुषतर्फ आज नै सेमिफाइनलको प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलमा आर्मी र एपिएफ तथा दोस्रो सेमिफाइनलमा पुलिस हेल्प नेपालबीच प्रतिस्पर्धा हुँदैछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।