2 years ago
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा विजयी हुँदै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट पुलिसले २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुवै सेट एपिएफले आफ्नो पक्षमा पार्दै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भयो ।
दोस्रो सेट एपिएफले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्दा तेस्रो सेटमा पनि २५–२१ को जित निकाल्न सफल भयो । चौथो सेट पुलिसले २५–२१ ले जित्दै खेललाई २–२ सेटको बराबरीमा ल्याउँदै खेललाई पाँचौ सेटमा लम्ब्याए ।
निर्णायक तथा पाँचौ सेटमा पुलिसले १५–७ को सहज जित हात पार्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो । पुलिसकी उषा भण्डारी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
अब पुलिसले उपाधिका लागि आइतबार आर्मी र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको विजेतासँग खेल्नेछ । यि दुई टोलीले आज केहीवेरमा दोस्रो सेमिफाइनल खेल्दैछ ।
पुरुषतर्फ आज नै सेमिफाइनलको प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलमा आर्मी र एपिएफ तथा दोस्रो सेमिफाइनलमा पुलिस हेल्प नेपालबीच प्रतिस्पर्धा हुँदैछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।